बिर्तामोड । बिर्तामोडमा धारिलो हतियार प्रहार गरी लुटपाट गर्न खोज्ने दुईजना पक्राउ परेका छन् । गएराति ११ बजेको समयमा बिर्तामोड नगरपालिका -६ मा फूलबारीको नर्सरी व्यवसाय गर्दै आएका भारतीय नागरिक अन्दाजी वर्ष ३५ का हविबुल इस्लामलाई इलाम घर बताउने हाल बिर्तामोड नगरपालिका-५ बस्ने वर्ष २१ का भद्रबहादुर बस्नेत र ताप्लेजुङ फुङलिङ नगरपालिका-६ घर बताई हाल बिर्तामोड नगरपालिका-६ बस्ने वर्ष २६ का रोहण तामाङले धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाई फरार भएका थिए । त्यसअघि उनीहरूले एक जना साइकल यात्रीलाई लुटपाट गरेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनि र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा राति १ः५० बजे बिर्तामोड-५ स्थित सुगम पेट्रोल पम्प नजिकबाट उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको ढाड र कुममा चोट देखिएको छ ।
0 comments:
Post a Comment