२०८१ श्रावण ३ गते , विहीबार
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्रयाक्टरदुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मैवाखोला गाउँपालिका-२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो।
बुधबार प्र १-०२-००३ त ९६० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा भीमकुमार गम्भीर घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए।
ट्याक्टरका चालक सोही स्थानका सनबहादुर तामाङ भने सकुशल छन्। उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। भीमकुमारको शव अहिले जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

0 comments:
Post a Comment