- गोबिन्द पौडेल
बिगतका बर्षहरुदेखिनै रोगीको खोजी अभियान सचालन गरि हरेक टोलटोलमा स्वास्थ्य शिबिर सचालन अभियान चलाएकोमा चालु बर्षमा आयुर्बेदिक पद्धतिमा पनि शिबिर सचालन गरेकोमा नागरिकहरुको उत्साहप्रद सहभागिता देखिएको हो ।
रोङ गाउपालिकामा बिभिन्न नौ वटा स्वास्थ्य सस्था रहेकोमा वडा न ५ मा रहेको रोङ आयुर्बेदिक औषधालयमा कार्यरत जनशक्ति परिचालन गरि हरेक वडामा महिनामा कम्तिमा एकपटक शिबिर सचालन गर्ने अभियान अन्तगत चालु बर्षमा अहिलेसम्म पालिकाको चार स्थानमा शिविर सचालन गर्दा दुईसय त्रिचालिस जनाले सेवालिएको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
रोङमा २०७७ साउन १ गतेदेखि सचालित रोङ आयुर्बेदिक औषधालयमा दैनिक रुपमा दश बाह जनले सेवा लिने गरेको बैध महेस राईले बताए ।आयुर्बेदिक अस्पतालमा बिभिन्न तेईस प्रकारको औषधिहरु निशुल्क बितरण गरिने जेस्ट नागरिकहरुको लागि थप दुई प्रकारका औषधिहरु अश्वगन्ध अवलाचुर्ण,सुत्केरीहरुको लागि बिभिन्न तिन प्रकारका स्तनपाई औषधि समेत बितरण गरिएको बैध राईको भनाई रहेको छ । औषधालयमा बढि बाथका रोगिहरु आएका र यहा औषधि नपाईने र जटिल रोगिहरुलाई भने जिल्ला आयुर्बेदिक औषधालय झापा र अञ्चल आयुर्बेदिक औषधालय आईतबारे पाईने गरेको बैध राईले बताए ।
यता गाउपालिकाले भने प्रकोपको रुपमा देखिएको नसर्ने रोगको खोजि र उपचारको अभियानलाई निरन्तरता दिदै थप कार्यक्रम सचालन गर्ने भएको छ ।सुगर,प्रेसर,दम,क्यान्सर जस्ता रोगको खोजिको लागि टोल टोलमा स्वास्थ्यकर्मीहरुको टोलि पुर्याउने,आवश्यक्ता अनुसार बिशेषज्ञ टोलिने पठाउने तैयारी रहेको प्रमुख काफ्ले बताए ।स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार हरेक नागरिकले बढिमा तिस मिनटको दुरीमा स्वास्थ्य सेवा पाउनु पर्नेमा भौगोलिक बिकटताको आधारमा सेवा लिन नसक्ने देखिएपछि मौजुदा स्वास्थ कर्मिहरुको प्रयोगगरि नियमित घुम्ती स्वास्थ्य शिबिर मासिकरुपमा चलाईने गरेको छ ।रोङका नागरिकहरुले अहिले अन्ठानब्बे प्रकारका औषधिहरु समेत निःशुल्क रुपमा पाउने गरेका छन् ।
देश सघिय सरचनामा गएर स्थानिय सरकारको आगमन पछि रोङका ग्रामिण क्षेत्रका नागरिकहरुको पहुच सरकारी स्वास्थ्य सेवामा बढेको नागरिकहरुको प्रतिकृया रहेको छ ।
0 comments:
Post a Comment