बिर्तामोडका दुईजना ब्राउन सुगरसहित पक्राउ

झापा
२०८१ श्रावण २३ गते , बुधबार


बिर्तामोडका दुई युवायुवती लागूऔषधसहित पक्राउ परेका छन् । मंगलबार साँझ साढे ६ बजे कनकाई नगरपालिका- ३ सेल्फिडाँडा जाने भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- २ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी र वडा नम्बर १ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।


चेकजाँचका क्रममा आशिकाको साथबाट प्लास्टिकसहित २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment