गाउँ चिनाउने काम

  • जीवन शर्मा 

सुर्योदय नगरपालिका वार्ड न ३ जील गाउका फोटोग्राफर तथा छयाङ्कनकार हिकस राईले आफ्नो ठाउको परिचय गीतको माध्यमबाट चिनाउन आफ्नै गाउ ठाउँको परिवेशमा तयारी गरिएको गीतको बिमोचन कार्यक्रमको आयोजना कार्तिक १० गते सनिवारका दिन गरी गाउ चिनाउने काम गरेका छन । शहर र होटलमा कार्यक्रम गर्दा आफ्नो गाउ र आफ्नो ठाउ सधै ओजलमा पर्ने हुदा आफनै गाउ र सोहि परिबेशमा कार्यक्रमको आयोजना गरिएको छ ।

सुर्योदय नगरपालिका वार्ड न ३ जिलगाउमा रहेको वालिङ गाउँमा उनीहरूको बसोबास सम्भवत २०० वर्ष अगाडि भोजपुरबाट हासपोखरी हुदै यहा भएको इतिहासबाट थाहा लाग्छ । भोजपुरबाट यहा आइपुगेका सिरिहाङ वालिङहरुको सानो गाउ नै रहेको र सो गाउको नाम वालिङ गाउ र सो डाडालाई वालिङ डाडा भनिदै आएको छ । आफ्नो ठाउँको पहिचानको लागि सर्जक हिकस राई र प्रदिप राइले वालिङहरुको नाममा स्मारक यस अगाडि नै बनाएका छन । अहिले आएर उनै सर्जक हिकस राईले वालिङ डाडालाई समेटेर तयारी गरिएको पहिचान संरक्षण गर्ने हेतु गीत र त्यसको म्युजिक भिडियोको पृमियम सो आफ्नै ठाउबाट गरेका छन । सर्जक हिकस राईले कार्तिक १० गते सनिबार साझ वालिङ डाडामा एक कार्यक्रमका साथ पृमियम सो गरी गीतको बिमोचन गर्दै गीतमा अभिनय गर्ने कलाकारहरुलाई सम्मान गरेका छन । स्थानीय व्यक्तिहरुको बाक्लो उपस्थितिमा कलाकारको उपस्थिति गराइ गरिएको कार्यक्रम आफैमा अर्थपूर्ण रह्यो । एकातिर ग्रामीण क्षेत्रमा कार्यक्रम गरी गाउको परिचय बढाउनु र आफ्नो पहिचानको संर क्षण गरिनु अत्यन्तै राम्रो पक्ष रह्यो । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका साथै दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका हिकसको गाउ चिनाउने कामको जति तारिफ गरे पनि कमि हुने स्थानीयहरु स्वीकार गर्छन । 

हुन त यो गाउँमा सिरिहाङ वालिङ भन्दा अगाडी नै माक्रीहाङ वालिङको बसोबास रहेको तर समय र परिस्थितिले गर्दा उनीहरू बिस्थापित भएको देखिन्छ । पछि सिरिहाङ वालिङ आइ बसोबास गरेपछि ठाउले पहिचान पायो । त्यहि पहिचान हो वालिङ डाडा र एउटा एउटा ऐतिहासिकता दस्तावेज बन्यो हिकस राईहरुले तयारी गरिए गीत ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment