इलाम, १० कार्तिकः इलामको सूर्योदयमा शनिकार विहान ट्रक दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । बिहानको दुई बजेको समयमा सूर्योदय नगरपालिका १० जोगमाई खोला स्थित फिक्कल–नाम्सालिङ कच्ची भित्री सडक खण्डमा नाम्सालिङबाट फिक्कल तर्फ आउदै गरेको मे १ ख १९६६ नम्बरको काठको गोलीया लोड भएको ट्रक पल्टि दुर्घटना भएको हो ।
फिक्कल प्रहरी चौकी इलामबाट प्र.व.ना.नि. जिवन सुवेदिको कमाण्डमा प्रहरी टोली खटि गई बुझ्दा काठको गोलिया बोकेको ट्रक घुमाउरो बाटोमा अचानक अनियन्त्रीत भई भिरबाट करिव ८०० मिटर तल झरि दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक जिल्ला सूर्योदय ९ रमपोक बस्ने अन्दाजी वर्ष ३०–३२ को अमर पौडेल र सहचालक माईजोगमाई ३ बस्ने अन्दाजी वर्ष १८–१९ को सुबास थामी घाइते भएका छन् ।
घाइते दुबै जनाको शरिरको बिभिन्न भागमा चोट लागि घाइते भएकोले दुबै जना घाईतेहरुलाई उद्धार गरी उपचारको लागी विएण्ड सी अस्पताल झापा पठाइ उपचार भई रहेको, दुबै जनाको अवस्था अचेत, बोल्न नसक्ने, उपचारमा चालकको आफन्त सुनज खत्री र सहचालकको बुवा संग्लन रहेको, ट्रक घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
0 comments:
Post a Comment