२०८१ कार्तिक ९ गते , शुक्रबार
झापाको अर्जुनधारामा एक महिला मृत फेला परेकी छन् । घलेन्द्रनाथ बास्तोलाको घरमा घरायसी काम गरी बस्ने अर्जुनधारा- ६ कप्तानवारिकी अन्दाजी ५५ वर्षीया मिना दनुवार मृत फेला परेकी हुन् । गएराति खाना खाई आफ्नै कोठामा चुकुल लगाई सुतेकोमा आज बिहान अबेरसम्म नउठ्दा घरधनी बास्तोलाले बिहान ८.३० बजे प्रहरी चौकी शनिश्चरेमा खबर गरेका थिए ।
प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि पठाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
0 comments:
Post a Comment