- जीवन शर्मा
सूर्योदय नगरपालिकामा त्यस्तो खानेपानीको समस्या त छैन । नगरका वार्ड न ७ कन्याम ८ मालुम पालटाङ्गी कजेनी ९ गहिरीगाउ रम्फोकको माथिल्लो भाग वार्ड न १० को बजार क्षेत्र आले आरुबोटेको माथिल्लो भाग आइतबारे तीनघरे यता मुर्तिडाडा लक्ष्मीपुर वतासे क्षेत्र खानेपानीको निक्कै समस्या भएका ठाउ हुन यता आएर पाल्टाङ्गी छिपीटार रमिते पनि खानेपानीको समस्या भएका क्षेत्र हुन । सुर्योदय नगरपालिकामा हाल श्रीखोला खानेपानी आयोजनाले दैनिक खानेपानी आपूर्ति गरिरहेको छ भने नया योजना कालीखोला सुख्खाग्रस्त खानेपानी आयोजनाको पनि काम हुदै गरेको छ । आइतबारेको लागि बागबिरे मुहान भएर आइतबारे खानेपानी आयोजनाले नियमित खानेपानी आपूर्ति गरिरहेको छ । तसर्थ सुर्योदयमा यी योजनाहरुले गर्दा तत्काल त कुनै खानपानीको समस्या त देखिदैन । तर भविष्यमा हुने समस्यालाई पनि सुर्योदयले सहजै व्यवस्थापन गर्न सक्नेछ । हुन त सुर्योदय नगरपालिकाका ग्रामीण क्षेत्रमा संचालित खानेपानी आयोजनाबाट आपूर्ति हुदै आएका खानेपानी पनि मिटर प्रबिधिबाट बितरण हुदा पानीको बचत भएको र एउटा सिस्टममा खानेपानीको प्रयोग भएको पाइन्छ । त्यसो त यसरी मिटर सिष्टममा खानेपानी आपूर्ति हुनुलाई बिकास र सिष्टताको नमुना हो भन्छछन स्थानीय उपभोक्ता । र यसलाई सभ्यता ठान्छन । हुन पनि सबैलाई पानी पुग्नु र पुर्याउने उद्देश्यले मिटर सिस्टममा जानु आफैमा राम्रो पक्ष हो ।
सुर्योदय नगरपालिकाले फिक्कल वजार क्षेत्रलाई खानेपानी समस्या आउन नदिन यसो पनि गर्न सक्छ- सुर्योदय नगरपालिका वार्ड न ९ स्थित रमिते डाडा भन्दा करीब १०० मी पुर्वतिर सिमसार क्षेत्र छ । त्यहा सदैब पानी बगिरहन्छ । हो त्यहि ठाउँमा ड्याम्म बनाएर पानी संकलन गरेर हाल रहेको मुख्य बितरण ट्याङ्कीमा मोटर प्रयोग गरेर सजिलै लान सकिन्छ । हालको मुख्य बितरण ट्याङ्की पनि नजिकै भएको हुदा त्यहा पानी जम्मा गरी पुर्याउन कुनै समस्या नै छैन । ड्याम्म बनाउने हो भने दैनिक ३ लाख लिटर भन्दा बढी पानी संकलन गर्न सकिन्छ । भल पहिरो पनि नजाने र बनाउन जान समेत टाढा नहुने हुदा पानी आपूर्तिमा कठिनाइमा पनि आउदैन । बजेट पनि त्यति ठुलो नलाग्ने स्वच्छ र सफा पानी पनि हुने र नगरबाट नजिकै पनि हुने हुदा नगरले यस विकल्पलाई समेत अगाडि सार्न सक्छ । यसो भयो र यो विकल्पलाई पनि नगरपालिकाले प्रयोगमा ल्यायो भने अवका ३० वर्ष सुर्योदय नगरपालिकामा खानेपानीको कुनै समस्या आउदैन ।
नगरपालिकाले चाहेको खण्डमा मोटर अन अफ गर्न पनि फिक्कल बजारमा नै सजिलै सङ्ग व्यवस्थापन गर्न सक्छ किन भने त्यो क्षेत्रबाट फिक्कल पुग्न २.५ किलोमीटर मात्रै टाढा छ । विभिन्न देशको भ्रमण गरी त्यहा भएका बिकास निर्माणलाई राम्रोसँग अवलोकन गर्नुभएका नगर प्रमुख रन बहादुर राई यस्ता योजना सन्चालन गर्न सधैव सकारात्मक हुनुहुन्छ । त्यसैले नगरको खानेपानी समस्यालाई सहज व्यवस्थापन गर्न सुर्योदय नगरपालिका सकारात्मक छ र सक्षम पनि छ ।
त्यसो त धादिङ जिल्लाको जीवनपुर र केवलपुरमा आपूर्ति गरिएका खानेपानीलाई हेर्दा के देखिन्छ भने सोच र इच्छाशक्ति भए असम्भव केहि छैन र यो योजना सबैभन्दा सजिलो हुने देखिन्छ । इलाम जिल्ला कै रोङ्ग पालिकाको बदामटारमा संचालित कुलो कै प्रसङ्गलाई नियालेर हेर्दा प्रष्ट हुन्छ इच्छाशक्ति भए जे पनि गर्न सकिन्छ । २०३८ सालताका शान्तिपुरका चन्द्रकान्त भट्टराईले जिल्ला पन्चायतको सोयाङ सिचाइ आयोजनालाई गोयाङ सिचाइ आयोजना बनाएर त्यहा कुलो खनाए । असाद्यै कठिन भुगोल र योजना पनि कार्यान्वयन गर्नुपर्ने अन्तिम चरण । यस्तो अवस्थामा भट्टराईले जलस्रोत मन्त्रालयका इन्जिनियरलाई ल्याएर देखाएछन । इन्जिनियरले पनि यस्तो ठाउँबाट असम्भव भनेछन । भट्टराई आटिला र जोसिला अन्ततः चन्द्रकान्तले भनेपछि सम्भव छ भनेर काम शुरु गरे योजना सफल पनि भयो । जुनेलो फल्ने बदामटार मङ्गल्टार र धन्सारमा सुन जस्ता गहकिला धान फल्न थाल्यो । हाम्रो नगरले पनि आट्नु हो ब्गने सबैभन्दा सस्तो बजेटमा यो योजना संचालन गर्न सक्छ ।
0 comments:
Post a Comment