घाँटी रेटिएको अवस्थामा निलूँको शव फेला

२०८१ आश्विन २३ गते , बुधबार


सुनसरी इटहरी– ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् । इटहरी– ५ शीतल नगर टोलस्थित जनता कलेज दक्षिणपट्टि घर भएकी ३९ वर्षीया निलूँ रसाइली (रायमाझी)घाँटी रेटिएको अवस्थामा फेला हिजो साँझ फेला परेकी हुन् । साँझ ७.५० बजे घाँटी रेटिएको अवस्थामा फेला परेकी उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । तर,अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका छन् ।


उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् । चक्कुले घाँटी रेटेर छटपटिइरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिए पनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ । आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुले पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment