२०८१ आश्विन २३ गते , बुधबार
झापा । झापाको काँकडभिट्टा नाकाबाट नेपाल प्रहरीको सेटिङ भइरहेको तस्करी गतिविधि सशस्त्र प्रहरीले रोक्न खोज्दा विवाद भएको छ । भारत लैजान लागेको लसुन र सुपारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि बुधबार साँझ विवाद भएको हो ।
साँझ ५ बजेको समयमा मेचीनगर नगरपालिका ६ काँकडभिट्टास्थित मेचीडाँडामा भारत लैजाने प्रयास गर्दै गरेको लसुन र सुपारी सशस्त्र प्रहरी बल २ नम्बर गण झापाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । सशस्त्रले करिब डेढ लाख मुल्य बराबरको सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरीले बरामद गरेको लसुन र सुपारी मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी तथा डीएसपी महेशराज विष्टले जानकारी दिए । पछिल्लो समयमा मेचीनगरका विभिन्न नाकाबाट ठुलो परिणामको सामान भन्सार छलेर नेपाल भित्रिरहेको र भारततर्फ पनि गइरहेको छ ।

0 comments:
Post a Comment