२०८१ कार्तिक १७ गते , शनिबार
मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउने झापा शिवसताक्षीका छविलाल गुरुङ पक्राउ परेका छन् । गएराति ८.३० बजे काँकडभिट्टाको पुरानो मेची पुलमा भारतको पानीट्यांकीबाट सिटी सफारीमा चढेर काँकडभिट्टातर्फ आउँदै गरेका शिवसताक्षी –८ बस्ने ३८ वर्षीय गुरुङलाई शङ्कास्पद अवस्थामा फेला पारी प्रहरीले तलासी लिँदा मलद्वारभित्र लुकाएर ल्याएको प्लास्टिकसहित ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment