रोङमा शिक्षकहरुलाई ल्यापटप सुबिधा


रोङ १० मसिरः प्रबिधिमैत्री सिकाईकोलागि ईलामको रोङ गाउपालिकाले सामुदायिक बिध्यालयका शिक्षकहरलाई ल्यापटप खरिदको लागि सहज सुबिधा कार्यक्रम ल्याएको छ ।
पालिका भरिका सबै शिक्षकहरुलाई आधारभुत कम्प्युटरको  तालिम दिएपछि  आफै कम्य्युटर किनेर प्रयोग गर्न चाहने शिक्षकहरुलाई पालिकाले नै ब्याजको ब्यायभार बोक्नेगरि जिरो प्रतिसत ब्याजमा बढिमा एक बर्ष सम्मकोलागि किस्ताबन्दिमा एकलाख सम्मको ऋणको ब्यवस्था गरिदिने भएको हो । बजारमा पाईने बिभिन्न कम्पनिका ल्यापटपहरुसग अधिक्तम घटाघटमा ग्यारेन्टि र वारेन्टि सहितको कोटेसन माग गरेर बिक्रेता छनौट गर्ने वा शिक्षकहरुले आफै खरिदगरि सोको भ्याटबिल र सामाग्रि सो गरेपछि रकम बैक मार्फत एकमुस्ट भुक्तानी लिनसकिने गरि सुबिधा उपलब्ध गराउन ईच्छुक शिक्षकहरुवाट आसयपत्र माग गरेको गाउपालिका अध्यक्ष सुवास तामाङले बताए ।


शिक्षा सुभारको लागि नयाकुराको खोज र प्रस्तुति गरि सिकाई गर्न सहज होस भनेर प्रबिधि मैत्रि शिक्षणको लागि यस्ता सुबिधायुक्त कार्यक्रम ल्याईएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment