हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा ६१ बर्षीया चन्द्रकुमारीको मृत्यु

१६ पुष २०८१, मंगलवार 


बिराटनगर । जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचा–५ गुरुङ टोल निवासी ६१ बर्षीया चन्द्रकुमारी लिम्बूको मृत्यु भएको छ ।
बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । सुन्दरहरैंचा–५ का वडा सदस्य घन श्याम घले गुरुङका अनुसार सोमबार साँझ नमुना सामुदायिक वनको जङ्गलमा लिम्बुलाई हात्तीले आक्रमण गरेको थियो ।
उनी दिउँसो दाउरा खोज्न जङ्गल गएका थिए। साँझसम्म घर नफर्किएपछि बिहान खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटाएको वडा सदस्य घले गुरुङले बताए।


नमुना सामुदायिक वनमा १३ वटा जंगली हात्ती रहेको र स्थानीयहरुलाई रातभर दुख दिएको उनले बताए। जंगली हात्तीको त्रासले गर्दा उक्त स्थानका मानिसहरु रातभर जाग्राम बस्नु परेको बताए।
करिव दुई साता अघिमात्र सुन्दरहरैंचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएकी ४० वर्षीय गंगा श्रेष्ठको पनि हात्तीको आक्रमणबाट ज्यान गएको थियो।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्तीले मान्छेमाथि आक्रण गर्ने,अन्न बाली खाने तथा घर भत्काउने गर्दै आएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment