विदाका दिन पनि इलमका वचत सहकारी सञ्चालनमा, कर्मचारीलाई दिंदैनन् विदाको दिनको छुट्टै सेवा सुविधा

  • विनय तिम्सीना

इलाम, १५ पुसः इलाममा सञ्चालन भएका अधिकांस बचत तथा ऋणको कारोबार गर्ने सवै प्रकृतिका सहकारी संस्थाहरुले नेपाल सरकारले तोकेको विदाको दिन कार्यालय सञ्चालन हुने गरेका छन् । विदाको दिन कार्यालय सञ्चालनमा रहने र कर्मचारीहरु कार्यालय आउने गरेका छन् । विदाको दिनमा काम गरेको वाफतको सेवा सुविधा कर्मचारीले आफ्नो मासिक तलबबाट नभई सो दिनको रकम छुट्टै पाउनु पर्ने अन्तराष्ट्रिय श्रम ऐनमा उल्लेख भएको छ र नेपाल  सरकारले पनि सो ऐनमा हस्ताक्षर गरि सकेको छ । 
यसरी कानुनीरुपमा पाउनुपर्ने आफ्नो श्रमको मुल्य इलामका सहकारीमा कार्यरत कर्मचारीहरुले नपाएको गुनासो गरेका छन् । वचतकर्ताको दैनिक रकम संकलन र ऋण वाफतको रकम संगलन गर्नको लागि विदाको दिन पनि सहकारीमा कार्यरत कर्मचारीहरु कार्यालय जानुपर्ने वध्यता दिखिएपनि विदाको दिनको श्रमबाफतको सेवा सुविधा उनिहरुले पाउनुपर्नेमा सहकारीहरुले दिने गरेका छैनन् ।


अन्तराष्ट्रिय श्रम एनेमा भनिए जसरीनै नेपाल सरकारले दिएको विदाको दिन काम गरे वाफतको रकम इलामका सहकारीहरुले कर्मचारीहरुलाई भुक्तानि गर्नुपर्ने देखिन्छ तर अहिले सम्म धेरै जसो वचत तथा ऋण सहकारीहरुले कर्मचारीहरुलाई विदाको दिनको छुट्टै रकम उपलव्ध गराएका छैनन् । 
वचत तथा ऋण सहकारीहरु स्थानिय सरकारमा दर्ता भएर सञ्चालन भएका हुने र यसको अनुगमन पनि स्थानिय सरकारले नै गर्ने भएकाले कर्मचरीहरुको यो समस्यामा पनि स्थानिय सरकारले अनुगमन गरेर समस्याको समाधान गर्न जरुरी रहेको सरोकारवाल वतउँछन् । 
वचत सहकारीहरुले कर्मचारीलाई विदाको दिनमा काम लगाएर सेवा सुविधा नदिएको भनेर कर्मचारीहरुको गुनासो नआएको तर यसरी कार्मचारीहरुलाई नेपाल सरकारले तोको विदाको दिन काम लगाएमा आफुहरु कर्मचारीहरुको हकतिको लािग आवज उठाउने र कर्मचारीलाई सेवा सुविधा दिलाउने श्रमिकहरुको हकहितको पक्षमा निरन्तर अग्रसर हुदै आएको नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष जीवन सुवेदी वतउँछन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment