इलाम । दोस्रो इलाम गोल्डकप अन्तर्गत बुधवार इलामको ठूलो टुँडिखेलमा भएको पहिलो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेड काठमाडौँले आयोजक रेडहर्ष फुटबल क्लबलाई स्तब्ध पार्दै फाइनलमा प्रवेश गरेको छ ।
चर्च व्वाइजका समीर तामाङ ले खेलको अतिरिक्त समयमा गरेको गोलले चर्च व्वाइज फाइनलमा प्रवेश गर्न सफल भएको हो । मध्यान्तर अगाडिको खेलमा दुवै टिमको तर्फबाट गोल हुन सकेको थिएन । खेलको म्यान अफ द म्याच चर्च व्याइजकै गोल गर्ने खेलाडी समिर तामाङ नै भए ।
बिहीबार २ः०० बजेबाट दोस्रो सेमिफाइनल खेल एन आर टी काठमाडौँ र झापाको रेडस्टार क्लबबिच हुने भएको छ । मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडी समेत पुरस्कृत हुनेछन् ।
0 comments:
Post a Comment