झापा
२०८१ मंसीर २२ गते , शनिबार
लमजुङको बेँसीसहर नगरपालिका– ७ को स्कूलमा नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङमा कक्षा ८ मा अध्ययनरत दोर्दी गाउँपालिका–८ की १४ वर्षीय छोरी बिन्ती तामाङको मृत्यु भएको जानकारी दिएको छ।
प्रहरीका अनुसार आगामी पुस २४ गते प्याब्सनको कार्यक्रमको लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा उनी अचानक ढलेर बेहोस भएकी थिइन्। त्यसपश्चात तामाङको लमजुङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

0 comments:
Post a Comment