शनिबार, मंसिर २२
इलाम : दोश्रो इलाम गोल्डकप आजबाट सुरु हुँदैछ । उद्धघाटन खेलमा आयोजक रेडहर्स फुटबल क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुँदैछ । यी २ टोली पहिलो पटक भिड्न लागेका हुन् । संकटा इलाम गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो ।
घरेलु टिमले यसअघि पहिलो संस्करणको सेमिफाइनल खेलेको थियो । रेडहर्सले ३ जना खेलाडी क्लब बाहिरबाट ल्याएको छ । क्लबले भारतको दार्जिलिङमा संचालित गार्लाङ गोल्डकपको सेमिफाइनल पुगेको कारण क्लबले बाहिरबाट खेलाडी ल्याउनुपरेको जनाएको छ ।
यता संकटा क्लब ए डिभिजनका खेलाडीहरु सहित मैदान उत्र्दैछ । क्लबमा राष्ट्रिय टोलीबाट सहभागि खेलाडीहरु यस पटक इलामको मैदानमा हुनेछैनन् । क्लबका टिम म्यानेजर राजुमान तुलाधरले राष्ट्रिय खेलाडी नभएपनि ए डिभिजनका खेलाडीहरुले सुखद नतिजा निकाल्नेमा आशावादी भएको बताए ।
इलामको ठूलो टुँडिखेलमा मंसिर २९ गतेसम्म संचानल हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एनआरटी, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्स सहभागी छन् । विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन ।
विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने छ । प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई आठ हजार एक सय रुपैयाँ नगद पुरस्कार दिइने छ । खेलाडीको सुरक्षाका लागि प्रत्येक खेलाडीको पाँच लाख रुपैयाँको बिमा नेको एन्स्योरेन्सले गरेको छ ।
ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइने छ भने प्रत्येक खेलका लागि जनही सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । सेमी फाइनलमा जनही दुई सय र फाइनलमा तीन सय रुपैयाँ टिकट दर कायम गरिएको छ ।
लोकलसन्देशबाट
0 comments:
Post a Comment