झापाकाे कचनकवलमा जंगली हात्तीकाे आक्रमणबाट एक महिलाको मृत्यु


झापा । झापाकाे कचनकवलमा जंगली हात्तीकाे आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ निवासी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो १२ बजेकाे समयमा कचनकवल- ७ तारावनास्थित दिपज्याेति सामुदायिक वनमा १५/२० महिलाहरू घाँस, दाउरा काट्न गएकी थिइन् । साेही क्रममा एउटा हात्तीले राजवंशीलाई  लखेटका थिए । लखेट्दा उनी जंगलमा हराएपछि उनीसँगै गएका अन्य महिलाहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय बनियानीले खाेज्ने क्रममा दिउँसो ४:४० बजे उनलाई घाइते अवस्थामा उद्वार गरी


ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याएकी थिइन । त्यहाबाट थप उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगेको र उनकाे उपचारको क्रममा ५:१० बजे मृत्यु भएकाे प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment