इलामको रोङमा पनि रवर खेती

  • गोबिन्द पौडेल

रोङ,  १७ पुसः  इलामको रोङ गाउँपालिकामा रवर खेतिको सभावना देखिएको छ ।
रोङ गाउपालिका वडा न ४ हल्लुडेमा रहेको हल्लुडे कृषि तथा पशुपन्छी फार्मका सञ्चालक बृर्ख लाल तामाङ र उहाँको छोरा बिरबल तामाङ ले बि स २०६९ साल देखि रबरको बिरुवा २० रोपनी जग्गामा लगाई हाल ६०० बोटबिरुवावाट अहिले उत्पादन लिन शुरु गरेपछि परिक्षणले सभावना बढाएको हो । 


तत्कालिन समयमा झापाबाट प्रति गोटा बिरुवा दुईसयमा ल्याएका तामाङले यस वर्ष देखि नै ३०० बोटबाट  चोप संकलन गर्न सुरु गरेको र प्रती महिना २३५ किलोग्राम रबरको कच्चा  तयार गरि रु असीहजार बराबरको बिक्री सुरु गर्नु भएको छ । उहाले उत्पादन गरेको कच्चा रवर झापाका ब्यवसायिहरुले घरैवाट प्रतिकेजी २ सय चालिसका दरले बेचेको तामाङले बताए ।
रोङमा पहिलो किसान तामाङले गरेको रवर खेतिको लागि केहि अनैजार र उपकरण अभाव भएको भन्दै गाउपालिका समक्ष अनुरोध गरेपछि करिव दुईलाख बराबरको उपकरण गाउपालिकाले प्रदान गरेको तामाङले बताए ।प्रत्येक बैशाख देखि पुस महिना सम्म चोप उत्पादन हुने रहेछ । समुन्द्र सतह बाट करिब ५६० मिटर उचाइमा यो खेती लगाउनु भएको छ ।
यता रवर खेतिको सभावनाको लागि आफुले नेपालका रवर खेति बिशेषज्ञ डा तिलक भण्डी सग परार्ष गरिरहेको चुरे सरक्षणलाई आय आर्जन,स्वरोजगार,वाताबरण सरक्षणलगायतका जनताको आर्थिक सम्बृद्धिसग जोडेर किसानहरुलाई तालिम दिएर प्रोत्साहित गर्न गउपालिकाले कुनै कसुरवाकि नराख्ने गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।
 यसै क्रममा कार्य संचालन सहजताको लागि गाउँपालिकाले आवश्यक पर्ने मेसिन तथा सामग्री बितरण गर्दै फिल्ड अवलोकनका लागि उपाध्यक्ष  बिष्णुमाया भुजृल ि प्रशासकीय अधिकृत  बाबुराम घिमिरे ,लेखापाल मनिस भट्टराई  कृषि शाखाबाट  प्राबिधिकहरुले अवलोकन गरि उहाँहरुले गरेको कामको उच्च मुल्यांकन गरि हौसला प्रदान गरिएको छ ।
रोङका अन्य भु–भागमा यो खेती को प्रचुर सम्भावना रहेक छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. नेपालका क्षेत्री बाहुनहरुकाे एउटै सुघा रटाई जहाँ पृथ्वीनारायण साहाले नेपाल एकि क्रण भानई सबसै गलत डङ्गले प्रस्तु गर्दै आएका छन।पृथ्वीनारायण शाहा र नेपाली मिलेर किराँत रा्ष्ट

    ReplyDelete