सहारा नेपाल सेवाकेन्द्र इलामको वार्षिक साधारण सभा सम्पन्न

इलाम, २१ पुुुसः सहारा नेपाल साकोस २८औ वार्षिक साधारणसभा अन्तर्गत सेवा केन्द्र इलामको एकाइगत तथा उपएकाई सा

धारणसभा शनिबार महेन्द्र रत्न वहुमुखि क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । 
सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक हरिहर निरौलाको अध्यक्षता, इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता एवम् सहारा नेपाल साकोस मुख्य कार्यालयका ऋण उपसमिति सदस्य नारायण प्रसाद काफ्ले र नविन लामिछानेको तथा मरब क्याम्पस इलामका गंगा राम पौडेल,आदर्श माध्यमिक विद्यालयका कुमार पौडेल, जिल्ला प्रशाशन कार्यालय इलामका  नित्यानन्द घिमिरे, इलाम नगरपालिका ८ कि महिला सदस्य सोमकुमारी गुरुङ लगायतको आतिथ्यता रहेको थियो । 


कर्याक्रमा सहयोग समिति सदस्य भगवती देवी पराजुलीको सञ्चालन  र सहयोग समिति सदस्य हरि सापकोटाकोे स्वागतमन्तव्य रहेको उक्त कार्यक्रमको व्यवस्थापन सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरु सम्झना गुरुङ्ग, अनुप रिजाल, दिपक पाठक र सरस्वती कार्की  रहेको थियो । 
कार्यक्रममा सोती ३ शून्य क्लवका ५ जना सदस्य एवम् सेवा केन्द्रको सिंहनगर स.म.स. की सदस्य गिता पौडेललाई उत्कृष्ट उद्यमी सदस्यको रुपमा सम्मान गरिएको सेवाकेन्द्र प्रमुख के.पी. लुईटेलले जानकारी गराउनु भयो । सम्मानितहरुलायई कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि,तथा अतिथिहरुले दोसल्लातथा प्रमाणपत्रद्धारा सम्मान गर्नुभएको थियो । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment