२०८२ बैशाख ७ गते , आईतबार
फरक क्षमता भएकी नाबालिकालाई हात बाँधेर सामूहिक बलात्कार गर्ने इलाममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम फाकफोकथुम गाउँपालिका ४ बस्ने ३८ वर्षीय साजन सुब्बा र सोही ठाउँ बस्ने ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन ।
उनीहरूले वैशाख ५ गते डर त्रास एवं धम्की दिई हात बाँधेर बोल्न कराउन नदिई नाबालिकालाई सामूहिक रुपमा जबरजस्ती करणी गरेका थिए । घटनापछि फरार रहेकाहरूको खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले वैशाख ६ गते लुकीछिपी बसेको अवस्थामा इलाम फाकफोकथुम गाउँपालिका ४ स्थित फुयतप्पाबाट दुवैलाई पक्राउ गरेको सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए ।
पक्राउ परेका दुवै अभियुक्तहरूलाई जिल्ला अदालत इलाममा उपस्थित गराई वैशाख ६ गतेदेखि लागु हुने गरी ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको डीएसपी राईले जानकारी दिएका छन् ।

0 comments:
Post a Comment