बैशाख ७, २०८२
बिराटनगर, सुनसरीको धरान–इटहरी बीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
शनिबार राति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार कारमा चालकसहित चारजना सवार थिए । दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् ।
चालक र बस्नेतको अवस्थामा सामान्य रहेको छ भने कल्याण कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ।

0 comments:
Post a Comment