इलाम, १४ बैशाखः जिल्ला प्रहरी कार्यालय इलामले चोरी गरी फरार रहेका दुईजना अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुख्य अभियुक्त इलाम नगरपालिका ०६ बस्ने वर्ष २८ को मंगेश किमदाहाङ राई र अन्य एक जना रहेका छन । निजहरुले मिति २०८२ साल वैशाख ०८ गते राति इलाम नगरपालिका ६ चुरेघाटी स्थित दुर्गा श्रेष्ठको पसल सुरज एण्ड सुमन स्टोरबाट नगद अठार हजार पाँचसय, एनटीसीको रिचार्ज रु ५० को ४८ थान, रु. १०० को १७ थान र एनसीएलको रु.१०० को ७ थान रिचार्ज चोरी गरेकोमा निजहरुको साथबाट रिचार्ज कार्ड मात्र बरामद भएको छ ।
चोरी गरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास एंव अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष प्रहरी टोलिले मिति २०८२ वैशाख १२ गते भागी लुकिछिपि बसेको अवस्थामा इलाम नगरपालिका ६ स्थित पानिट्याङकीबाट पक्राउ गरीएको छ ।
साथै पक्राउ परेका निज अभियुक्तलाई जिल्ला अदालत इलाममा उपस्थित गराई वैशाख १२ गते देखी लागु हुने गरी दिन ७ म्याद थप भई जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
0 comments:
Post a Comment