होटल उडल्याण्ड भद्रपुरको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु

.झापा
२०८२ बैशाख १५ गते , सोमबार


भद्रपुर । भद्रपुर नगरपालिका-८ एयरपोर्ट नजिक रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत, विहार किसनगंज जिल्ला झरमगञ्ज टोल निवासी सचिन गोस्वामीका अन्दाजी ८ वर्षीय छोरा बिरु गोस्वामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रहरीका अनुसार गोस्वामी स–परिवार आइतबार घुम्न आएका थिए । सोही होटलमा बसेको अवस्थामा आइतबार साँझ साढे ६ बजे बालक बिरु स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए । बालकलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा लगिएकोमा साँझ ६ः५३ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment