रोङ, १४ असार
ईलामे साहित्य क्षेत्रका सशक्त नाम दीपेन्द्र आचार्यको दोस्रो कृति ‘पृथ्वीको ब्यापार’ पाठकमाझ आउन लागेको छ।
रसिला, चोटिला र जोशिला कविताको माध्यमबाट चिनिएका आचार्य पेशाले शिक्षक हुन्। यद्यपि, उनी कविता, मुक्तक, हाइकु र कथामा पनि समान रूपमा कलम चलाउने बहुप्रतिभाशाली साहित्यकारका रूपमा परिचित छन्।
आचार्यका सिर्जनाहरू विभिन्न पत्र–पत्रिकामा नियमित रूपमा प्रकाशित भइरहेका छन्। पछिल्लो समय उनका रचनाहरू स्थान, स्वर, शैली र सन्देशका दृष्टिकोणले पाठकको आकर्षण र चर्चा बटुल्न सफल भएका छन्।
आचार्यको पहिलो कृति ‘इक्षण’ हाइकु संग्रहका रूपमा झन्डै २० वर्षअघि प्रकाशनमा आएको थियो। अब दोस्रो कृति 'पृथ्वीको ब्यापार' इन्डिगो इन्क प्रकाशन मार्फत यसै असारको अन्त्यसम्ममा सार्वजनिक हुने तयारीमा छ। पुस्तक हाल प्रेसमा पुगेको लेखकले जानकारी दिएका छन्।
सूर्योदय नगरपालिका–२, पशुपतिनगर निवासी आचार्य विभिन्न साहित्यिक सम्मेलन, गोष्ठी र रचना–वाचन कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका छन्।
शैलीगत स्पष्टता, भावात्मक गहिराइ र बिम्बात्मक प्रस्तुतीकरणका कारण उनका सिर्जनाहरूको विशेष पहिचान बनेको छ।
ईलाम साहित्यिक भूमिमा सक्रिय विविध श्रष्टाहरूका बीच दीपेन्द्र आचार्यले थपेको यो अर्को सशक्त इँटा ईलामे साहित्यको धरहरालाई अझ उचाइतर्फ डोऱ्याउने विश्वास गरिएको छ।

0 comments:
Post a Comment