इलाम, साउन ७ –
इलाम नगरपालिका–११ स्थित सिद्धिथुम्कामा भएको चोरी प्रकरणमा संलग्न व्यक्ति र चोरीको सामान खरिद गर्ने दुवै जना पक्राउ परेका छन्।
२०७९ असार २८ गते दिउँसो १२ः४५ बजे मोहन चन्द्र कट्टेलको घरमा कोठाको दराज फोडी सुन, नगद र अन्य सामान चोरी भएको भनी जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता भएको थियो। घटनाको अनुसन्धानको क्रममा प्रहरीले चोरीमा संलग्न व्यक्ति र चोरीका सामान किनेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो।
चोरी गरेको आरोपमा छिमेकी भारत, दार्जिलिङ जिल्ला सौरेनीका ३१ वर्षीय स्टोफन उर्फ त्रिभुवन भुजेल खवासलाई प्रहरीले पक्राउ गरेको छ। उनीसँगै चोरीको सुन खरिद गरेको आरोपमा इलामको सूर्योदय नगरपालिका–८, हिमालय टोलकी ३७ वर्षीया होटल सञ्चालिका कमला मगर पनि पक्राउ परेकी छन्।
प्रहरीले कमला मगरको कोठामा खानतलासी गर्दा १०.२५ ग्राम सुनको ढिक्का र विभिन्न दरका नेपाली नगद १४ हजार ५ सय रुपैयाँ फेला पारेको जनाएको छ। बरामद गरिएका सामग्रीलाई प्रमाणको रूपमा सुरक्षित राख्दै दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाम प्रहरीले जानकारी दिएको छ।
जिल्ला अदालत इलामबाट म्याद थप गरी हाल घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
---
📰 Maipokhari News
तपाईंको विश्वासिलो स्रोत — सत्य, सटीक र निष्पक्ष समाचारका लागि।

0 comments:
Post a Comment