✍️ निशान निरौला, झापा
पूर्वेली कलाकार भुवन खड्का अभिनीत नयाँ भावनात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ। समाजमा घटेका यथार्थ घटनालाई समेटेर तयार गरिएको भिडियोमा खड्काको जीवन्त अभिनय देख्न पाइन्छ।
गीतमा कौशिला राजवंशी र मनिषा विश्वकर्माको समेत अभिनय छ। प्रकाशकला श्रेष्ठका शब्दमा डिम्पल अधिकारीको स्वर र अशोक थापाको संगीत संयोजनले गीतमा गहिरो भाव भरेका छन्। निर्देशन अशोक लाखे, छायांकन सोम मग्राती, सम्पादन मुहारसिंह थापा र सिङ्गर सुमन मग्राती रहेका छन्।
निर्मातासमेत रहेकी श्रेष्ठका अनुसार भिडियोलाई दर्शकले मन पराइरहेका छन्। भुवन खड्काले भने, "म सेन्टिमेन्टल गीतमा अभिनय गर्न रुचाउँछु, यो भिडियो पनि दर्शकको मन जित्नेछ।"

0 comments:
Post a Comment