सूर्योदय–१ भालुखोपमा धारिलो हतियार प्रहार: एकको मृत्यु, एक गम्भीर घाइते

🟡 माइपोखरी न्यूज डेस्क | 
सांकेतिक तस्विर

इलामको सूर्योदय नगरपालिका–१, भालुखोपमा गएराति धारिलो हतियार प्रहारबाट एक युवाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माइजोगमाई गाउँपालिका–२, तारसिंह घर भई हाल निरोज चापागाईंका ससुरालीमा बसेका २१ वर्षीय प्रकाश चापागाईंको घटनास्थलमै ज्यान गएको हो। ३२ वर्षीय निरोज चापागाईं भने पेटमा गम्भीर चोट लागेर अस्पतालमा उपचाररत छन्।

घटना काजी तामाङको घरमा भएको हो। प्रहरीका अनुसार निरोजले आफन्त प्रकाशलाई ससुराली लगेका बेला स्थानीय ३३ वर्षीय किरण शेर्पासँग विवाद उत्पन्न भएको थियो। विवादकै क्रममा शेर्पाले धारिलो हतियार प्रहार गरेका थिए। घटनालगत्तै प्रहरीले किरण शेर्पालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment