विपद् व्यवस्थापनमा सतर्क रहन इलाम प्रहरी प्रमुखको निर्देशन

इलाम, ४ साउन ।


मनसुनको समयमा हुन सक्ने संभावित प्राकृतिक विपद् तथा आपत्कालीन घटनाको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) एक नारायण कोइरालाले मातहतका प्रहरीहरूलाई सतर्कता अपनाउन निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा एसपी कोइरालाले सबै प्रहरी कर्मचारीलाई विपद् पूर्वतयारीमा जिम्मेवारीपूर्वक जुट्न निर्देशन दिनुभएको हो। साथै, विपद्को जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि, स्रोतसाधन तथा जनशक्ति तयारीजस्ता पक्षमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
उहाँले सुरक्षा निकायहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला निकायहरू र नागरिक समाजसँग समन्वय गर्दै आपत्कालीन अवस्थामा तुरुन्त र प्रभावकारी रुपमा उद्धार तथा राहत कार्यमा खटिनुपर्नेमा जोड दिनुभयो।
प्रहरी प्रशासन सदैव जनताको सुरक्षामा प्रतिवद्ध रहेको बताउँदै एसपी कोइरालाले विपद् व्यवस्थापनमा कुनै पनि ढिलाइ हुन नदिन आग्रह गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment