झापाका सन्तोष राई जबरजस्ती करणी आरोपमा पक्राउ, इलाम जिल्ला अदालतबाट म्याद थप

✍ माइपोखरी न्यूज | इलाम, साउन ८


जबरजस्ती करणीको आरोपमा फरार रहेका झापाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। झापा जिल्ला शिवसताक्षी नगरपालिका–८ बस्ने ३३ वर्षीय सन्तोष राई (उर्फ आयुष) लाई प्रहरीले २०७९ साउन ८ गते साँझ ७:३० बजे पक्राउ गरेको हो।
प्रहरीका अनुसार, राईमाथि भोजपुर जिल्लाको हलौंछा गाउँपालिका–१ का स्थायी बासिन्दा तथा इलाममा बसोबास गर्दै आएकी एक युवती (संरक्षणका लागि सांकेतिक नाम "इलाम–ग (०८२/०८३)") लाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।
घटना पछि फरार रहेका राईलाई प्रहरीले खोजतलास गर्दै जाँदा निजकै स्थायी ठेगानाबाट नियन्त्रणमा लिएको हो।
इलाम जिल्ला अदालतबाट म्याद थप
पक्राउ परेका राईलाई इलाम जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले २०७९ साउन ८ गते बाट लागू हुने गरी थप अनुसन्धानका लागि म्याद थप गरेको प्रहरीले जनाएको छ।
हाल उक्त घटनाको विषयमा थप अनुसन्धान जारी रहेको इलाम प्रहरी स्रोतले जानकारी दिएको छ।
संवेदनशीलता र गोपनीयताको संरक्षण
यस समाचारमा प्रयोग गरिएको पीडितको नाम गोपनीयताको संवैधानिक अधिकारको रक्षा गर्न सांकेतिक रूपमा उल्लेख गरिएको हो। माइपोखरी न्यूज सबै प्रकारका पीडितको गोपनीयता, मर्यादा र सम्मानको संरक्षणमा प्रतिवद्ध छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment