राेङमा वालबालिकाद्वारा ‘सरस्वती बाल संसार’ भित्ते पत्रिका प्रकाशन

 राेङ (भदौ ४)।


राेङ–६ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले ‘सरस्वती बाल संसार’ नामक भित्ते पत्रिका प्रकाशन गरेका छन्। विद्यालयमा गठित सरस्वती वालक्लबको सक्रियतामा तयार पारिएको उक्त त्रैमासिक बाल पत्रिकाको आज विद्यालयमै आयोजित कार्यक्रममा प्रधानाध्यापक गोविन्द पौडेल र वालक्लब अध्यक्ष स्पर्श प्रधानले संयुक्त रूपमा लोकार्पण गरे।
कार्यक्रममा बोल्दै वालक्लबका संरक्षक शिक्षक सन्तोष भण्डारीले विद्यार्थीहरूमा रहेको सृजनशील प्रतिभालाई लेखनमार्फत अभिव्यक्ति दिन र साहित्य–कलामा उन्नति गर्दै सिर्जनात्मक ऊर्जा थप्ने उद्देश्यले भित्ते पत्रिकाको प्रकाशन सुरु गरिएको बताए।
पत्रिकामा छोटा कथा, कविता, चुटकिला, गीत, गजल, चित्रजस्ता विधा समेटिएका छन्। प्रारम्भिक चरणमा त्रैमासिक रूपमा प्रकाशन हुने पत्रिकालाई आगामी दिनमा मासिक रूपमा निकाल्ने लक्ष्य राखिएको वालक्लबकी सचिव आकृति सुबेदिले जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment