झापाको कनकाई नगरपालिकामा जलेर एक वृद्धाको मृत्यु

झापा।


झापाको कनकाई नगरपालिकामा जलेर एक वृद्धाको मृत्यु भएको छ । दुई साताअघि ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएकी ८१ वर्षीया बाटुलीमाया दाहालको मृत्यु भएको हो ।
गत साउन २२ गते ताप्लेजुङ घर भई कन्काई वडा नम्बर ३ सुरुङ्गा बस्ने ध्रुव श्रेष्ठको तीनतले घरको दोस्रो तलामा एउटा कोठामा डेरा गरी बस्दै आएकी दाहालले खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिक भई आगलागी भएको थियो । आगलागीबाट उनको शरीरको बिभिन्न भाग डढेको थियो ।
उनलाई कनकाई नगर अस्पताल सुरुङ्गामा सामान्य उपचारपश्चात् थप उपचारको लागि काठमाण्डौ लगिएको थियो । त्यहाँ उपचार गराएर उनलाई घर ल्याइएको थियो । बिर्तामोडस्थित चारपानेमा छोराको घरमा राखिएकोमा अवस्थामा उनको मृत्यु भएको बताइएको छ ।
प्रहरी टोली घटनास्थल गएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment