२०८२ भाद्र १० गते , मंगलबार
दमक नगर प्रहरीको भ्यानले गएराति तीनवटा सवारी साधनलाई ठक्कर दिएको छ । राति ९ः२० बजे दमक नगरपालिका ६ सन्तवीर चोकमा प्र १–०१–००१ झ २३० न. को दमक नगर प्रहरीको भ्यानले सोही स्थानमा रोकिराखेको प्र१–०१–०१७ प ५१६२ नम्बरको स्कुटर, प्र१–०१–०१६ प ७०७३ न.को मोटरसाइकल र सी.न.पा.ई ०१९ न.को सिटी सफारीलाई ठक्कर दिएको हो । ठक्करबाट तीन वटै सवारी साधनमा क्षति पुगेको छ ।
नगर प्रहरीको सो भ्यान दमक २ बस्ने दावा दोर्जे तामाङले चलाएका थिए । स्कुटर दमक ६ बस्ने पूजाकुमारी साह, मोटरसाइकल दमक ६ बस्ने विष्णुकुमार नेम्वाङ र सिटी सफारी दमक २ बस्ने श्याम माझीको भएको बताइएको छ । सबै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

0 comments:
Post a Comment