२०८२ भाद्र ९ गते , सोमबार
भद्रपुरमा लागूऔषध ब्राउनसुगरको कारोबार गर्ने ६ जना पक्राउ परेका छन् । आइतबार साँझ ७.३० को समयमा भद्रपुर नगरपालिका-८ बस्ने २१ वर्षीय राज श्रेष्ठले आफ्नो घरमा लागूऔषध ब्राउनसुगर बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-१० बस्ने २३ वर्षीय अलताप सेख , वडा ७ बस्ने १९ वर्षीय रमित राजवंशी, सोही ठाउँ बस्ने २९ वर्षीय सुमित पासी , घरधनी वडा-८ बस्ने २१ वर्षीय राज श्रेष्ठ , धादिङ रुवीभ्याली गाउँपालिका-५ बस्ने २४ वर्षीय गुम लामा र काठमाडौँ तारकेश्वर नगरपालिका-६ बस्ने १९ वर्षीय न्यान्जी तामाङ रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले प्लास्टिकबाहेक २० ग्राम ४८० मिलिग्राम ब्राउनसुगर ,विभिन्न कम्पनीको मोबाइल ८ थान , नगद १४ हजार १७० ,खुकुरी १ थान , पिलास १ थान , स्क्रु डाईभर १ थान बरामद गरेको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments:
Post a Comment