भदौ, इलाम ।
इलामकाे रोङ गाउँपालिका–६ ले सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि टोलस्तरीय घुम्ती शिविर सञ्चालन गरिरहेको छ।
वर्षायाममा वडा कार्यालयसम्म पुग्न कठिन र खर्चिलो हुने भएकाले वडा समितिको निर्णयअनुसार वडा क्षेत्रका पाँच स्थानमा शिविरमार्फत सेवा प्रदान गर्न थालिएको हो। यसमार्फत भत्ता लिने सेवाग्राहीले आफ्नै टोलमै नविकरण गर्न पाउने व्यवस्था गरिएको छ।
वडाध्यक्ष सत्यम राई चौरासेका अनुसार, “वडाबाट एक–दुई जना कर्मचारी परिचालन गर्दा टोलमै सबैको काम सम्पन्न हुन्छ। तर प्रत्येक सेवाग्राहीलाई वडा कार्यालयसम्म आउन अप्ठ्यारो हुने भएकाले टोलमै सेवा पुर्याइएको हो।”
निर्धारित तालिका अनुसार भदौ २ गते पाटापुर र खारखोला, भदौ ३ गते सलकपुर, भदौ ४ र ५ गते कुवापानी तथा भदौ ८ र ९ गते रम्भ्याङमा शिविर सञ्चालन हुँदैछ।
टोलमै सेवा पाएका नागरिकहरू वडा समितिको निर्णयप्रति खुसी देखिएका छन्।

0 comments:
Post a Comment