पाँचथरमा पाँच दिनदेखि हराइरहेका दुई बालबालिका मृत फेला

 
पाँचथर —


पाँचथरको याङवरक गाउँपालिकामा विगत पाँच दिनदेखि बेपत्ता रहेका दुई बालबालिका मृत फेला परेका छन् ।
स्थानीय बिरुवा खोलामा आज बिहान उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मृत फेला परेका बालबालिका याङवरक गाउँपालिका–२ स्थित पूर्ण आधारभूत विद्यालयमा अध्ययनरत १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राई हुन् । शिशिर कक्षा ४ मा र नानुमा कक्षा १ मा अध्यनरत थिए ।
उनीहरू साउन १५ गते विहानदेखि सम्पर्कविहीन बनेका थिए ।
परिवारजनले खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो । खोजी कार्यमा स्थानीय, प्रहरीले र सशस्त्र प्रहरीको टोलीले सघाएका थिए ।
पाँच दिन लामो खोजीपछि आज बिहान उनीहरूकै बस्ती नजिकको बिरुवा खोलामा शव फेला परेपछि गाउँमा शोकको वातावरण छाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुमान अनुसार खोलामा बगेर ज्यान गएको हुनसक्ने आशंका गरिएको छ, तर सबै कोणबाट अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको छ । घटनाले याङवरकसहित सिंगो पाँचथरलाई स्तब्ध तुल्याएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment