धरान–इटहरी सडकमा बस र स्कुटर ठोक्किँदा दुईको मृत्यु


धरान (सुनसरी) — सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जंगलमा आज बिहान बस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का २५ वर्षीय सुजन विक र पछाडि सवार २३ वर्षीय सुरज विक गम्भीर घाइते भएका थिए।
दुवैलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएकोमा दिउँसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
घटनापछि बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment