बिर्तामोडको दिवाकर फर्माका सञ्चालक राजवंशी लागुऔषधसहित पक्राउ


बिर्तामोड । बिर्तामोडको दिवाकर फर्माका सञ्चालक प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका छन् ।  बिर्तामोड नगरपालिका– २ चैतुबारीस्थितमा दिवाकर फर्माका सञ्चालक  किरण राजवंशी लागु औषध क्याप्सुलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिर्तामोड– २ निवासी ३८ वर्षीय राजवंशीले सञ्चालन गरेको पसलबाट विशेष सूचनाको आधार प्रहरीले शनिवार साँझ ५ बजे ट्रामाडोल ३०० पत्ता (३००० क्याप्सुल) र लेखिएको ३० पत्ता (३०० क्याप्सुल) बरामद गरेको थियो । 

सो पसलमा लागु औषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो । यता पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment