इलाममा ग्यास पड्किएर आगलागी

इलाम, भदौ १४ ।

सांकेतिक तस्विर

इलामको चुलाचुली गाउँपालिका–२ अमरचौकमा ग्यास पड्किएर आगलागी भएको छ । शनिबार विहान करिब ८ः५५ बजे मिलन राईको टिनको छानो र टिनको बेरा भएको एकतले भान्सा घरमा अचानक ग्यास पड्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आगलागीबाट भान्सा घरसहित घरभित्र रहेका भाँडाकुँडा, अन्नपात पूर्णरुपमा जलेर नष्ट भएका छन् । क्षतिको विवरण भने हालसम्म प्राप्त हुन सकेको छैन ।

प्रहरी चौकी पेल्टिमारी, चुलाचुलीस्थित सशस्त्र प्रहरी बेस क्याम्प र स्थानीयवासीको सहयोगमा आगो करिब ९ः२० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment