ताप्लेजुङ १३ भदाैँ ।
ताप्लेजुङमा कार्यरत नेपाल प्रहरीका असई इन्द्रबहादुर भुजेलको शौचालय जाँदै गर्दा लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कन्ट्रोल रुममा दरबन्दी भुजेल ड्युटी जाने क्रममा अचानक लडेका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएकोमा उपचारकै क्रममा निधन भएको हो।
झापा मेचीनगर–१० धुलाबारी निवासी ४५ वर्षीय भुजेलको निधनले परिवार र प्रहरी संगठन शोकमा परेको छ। उनकी श्रीमती विनिता शेर्पा पनि प्रहरी सहायक निरीक्षक (असई) रहेकी छन्। उनी इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत छिन्।
0 comments:
Post a Comment