इलाम, भदौ १३।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेशसँगै मुलुकका केही भागमा मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले वर्षा हुने सम्भावना बढेको हो ।
दिउँसो देशभर आकाश बदली रहनेछ भने सबै प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । यस अवधिमा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह उक्लन सक्ने र यातायात अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले महाशाखाले सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ ।
0 comments:
Post a Comment