माछा मार्न गएका राईको लडेर मृत्यु

किमाथाङ्का (सङ्खुवासभा),


स्थानीय कासुवाखोलामा माछा मार्न जानुभएका मकालु –३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उहाँको मृत्यु भएको हो ।
बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै उहाँले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्याइने बताउनुभयो ।
उहाँसँगै माछा मार्न जानुभएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment