माइपोखरी न्यूज | झापासांकेतिक तस्विर
झापा — लागूऔषध ब्राउन सुगरसहित झापाको अर्जुनधाराबाट तीन जना युवा पक्राउ परेका छन्। आज दिउँसो १२ः३० बजे अर्जुनधारा नगरपालिका–७ स्थित मिलडाँडामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले अर्जुनधारा–३ का १८ वर्षीय जीवन चौलागाई, अर्जुनधारा–४ का २४ वर्षीय देवेन्द्र भनिने अशोक चौधरी र अर्जुनधारा–७ का ३२ वर्षीय विजय मगरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ।
पक्राउ परेकाहरूको साथबाट ४०० मिलिग्राम ब्राउन सुगर, नगद १५ हजार ९२० रुपैयाँ र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।
0 comments:
Post a Comment