झापाको विरिङ पुलमा दुईवटा सवारीसाधन ठोक्किँदा दुर्घटना, मारुती चालकको मृत्यु


झापाको विरिङ पुलमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा मारुती भ्यान चालकको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ३४४० नम्बरको मारुती भ्यान र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप एकापसमा ठोक्किँदा मंगलबार राती ८ः४० बजेको समयमा दुर्घटना भएको थियो । मृतक मारुती भ्यान चालकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकसँग भेटिएको मतदाता परिचयपत्रमा शिबसताक्षी नगरपालिका-७ का २९ वर्षीय नवराज बाँस्कोटा लेखिएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा परी भ्यानमा सवार शिबसताक्षी नगरपालिका-७ का ४० वर्षीय पृथ्वीनाथ साहको शरीरको विभिन्न भागमा चोट लागेको, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साहको अनुहारमा चोट लागेको, उनीहरूका १४ वर्षीय छोरा प्रसन्न साहको दाहिने खुट्टामा र ९ वर्षीया छोरी प्रिन्सा साहको नाक र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । मारुती भ्यान, पिकअप र पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका-८ का २४ वर्षीय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रण लिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment