शिवसताक्षीमा बस दुर्घटना, ११ घाइते

शिवसताक्षी, भदौ ६ ।


झापाको शिवसताक्षी–१० किरातचोक नजिक आज दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइते हुनेमा बिर्तामोडकी सुमित्रा कडरिया, डिक माया खतिवडा, रुपादेवी उप्रेती, बाह्रदशीकी अस्मिमा खातुनसहित उनकी छोरीहरू र नाति–नातिनी, शिवसताक्षीकी निर्मला काफ्ले, तुलसा गौतम र उनका छोरा नितेश रहेका छन् ।

दुर्घटनापछि स्थानीयले उद्धार गरी प्रहरीमार्फत उपचारका लागि अस्पताल पठाइएको छ । बस चालक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment