रोजगारीको प्रलोभनमा भारत हुँदै खाडी लैजान लागेका ४० नेपाली महिलाको दिल्लीमा उद्धार


काठमाडौं — रोजगारीको प्रलोभनमा भारतको दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ।
नेपालमा भिजिट भिसाबाट वैदेशिक रोजगारीमा जाने प्रक्रियामा कडाइ भएपछि दलालहरूले भारतमार्ग प्रयोग गर्न थालेका छन्। दुबई, कतार, ओमान, कुवेत र साउदी अरब लैजाने भन्दै एजेन्टहरूले ती महिलालाई दिल्ली पुर्‍याएको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रवक्ता नरेन्द्र कुँवरका अनुसार दिल्लीको महिपालपुर क्षेत्रका विभिन्न ४ वटा होटलमा बन्धक बनाइएका महिलालाई स्थानीय प्रहरी र नेपाल दूतावासको सहयोगमा उद्धार गरिएको हो। “एजेन्ट सम्पर्कविहीन भएपछि उनीहरू समस्यामा परेका थिए,” उनले बताए।
केआइएन इण्डियाका निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएका सबै महिलालाई आवश्यक प्रक्रिया पूरा गरेर नेपाल फर्काइँदै छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment