इलाम–झापा नाकाबाट सिक्किमे रक्सी तस्करी रोकिएन, पुनः १५ कार्टुन बरामद


इलामको सीमा नाकाबाट भारतीय सिक्किम ब्रान्डका मदिरा तस्करी हुने क्रम अझै रोकिएको छैन। पछिल्लो घटनामा, झापा प्रहरीले आइतबार इलामबाट ल्याइएको ठूलो परिमाणको सिक्किमे रक्सी बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले आइतबार दिउँसो ३ बजे मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेमा चेकजाँच गर्ने क्रममा १५ कार्टुन (१५० पिस) सिक्किमे गोल्ड मेलन ब्रान्डी बरामद गरेको हो। बरामद गरिएको रक्सीको मूल्य ६१ हजार ६३२ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

रक्सी इलामतर्फबाट झापा आउँदै गरेका सवारीसाधनमा लुकाएर ल्याइएको थियो। बरामद सामग्री आवश्यक कारबाहीका लागि सोही दिन आन्तरिक राजस्व कार्यालय भद्रपुर बुझाइएको छ।

यसअघि पनि पटक–पटक इलाम हुँदै ल्याइएका सिक्किम ब्रान्डका रक्सी झापा प्रहरीले नियन्त्रणमा लिँदै आएको छ, तर तस्करीको क्रम भने रोकिएको छैन।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment