![]() |
साङ्केतिक तस्विर |
इलाम, भदौ १९ – जिल्ला प्रहरी कार्यालय इलामले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत तीन जना व्यक्तिलाई प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार, इलाम नगरपालिका–९ स्थित क्षेत्रबाट विशेष सूचनाको आधारमा इलाम नगरपालिका–६ निवासी रमेश श्रेष्ठ, सन्दकपुर गाउँपालिका–५ का मन बहादुर बुर्जा मगर र मोरङ पथरी शनिश्चरे–९ निवासी प्रकाश राईलाई ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार, इलाम क्षेत्रमा पछिल्ला दिनहरूमा लागुऔषध सम्बन्धी गतिविधिमा केही वृद्धि देखिएको छ, जसका विरुद्धमा प्रहरी सक्रिय रूपमा निगरानी तथा कारबाही गरिरहेको छ।
0 comments:
Post a Comment