झापा घर भएका मालपोत खरिदार भण्डारी घुससहित पक्राउ

२०८२ भाद्र १९ गते , विहीबार


झापा घर भएका काभ्रे मालपोतका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  मेचीनगर नगरपालिका- ३ निवासी भण्डारीलाई बुधवार बिहान कार्यालयबाटै नियन्त्रणमा लिएको हो । भण्डारीले छुट जग्गा दर्ता गराउने भन्दै घुस लिएको खुलेको छ ।
काभ्रेको साबिक दोलालघाट गाविस वडा ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट जग्गा दर्ता गराउने गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनले घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।
सोही उजुरीको आधारमा अख्तियारको टोली बुधवार मालपोत कार्यालय काभ्रेमा छापा मारेको थियो ।
उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग लिएको २ लाख घुस र एउटा मोबाइलसहित मालपोत कार्यालयको परिसरबाट नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धानका लागि उनलाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ । मेचीनगर ३ स्थायी ठेगाना भएका भण्डारीको धुलिखेल–४ मा अस्थायी बसोबास रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment