इलाममा र्‍यालीसहित निजामती सेवा दिवस मनाइयो


इलाम, भदौ २१ – देशभर मनाइने २० औँ निजामती सेवा दिवस आज इलाममा पनि विविध कार्यक्रमसहित मनाइएको छ।

जिल्ला प्रशासन कार्यालय, इलामको संयोजनमा निकालिएको र्‍याली ठूलाे टुँडिखेलबाट सुरू भएर भानुपथ, नविनचोक हुँदै इलाम चोक बजार परिक्रमा गरेको थियो। र्‍यालीमा विभिन्न कार्यालयका कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहभागिता थियो।

निजामती सेवा दिवसको अवसरमा सरकारी सेवाप्रति जनविश्वास मजबुत बनाउनुपर्ने, सेवामा पारदर्शिता र जवाफदेहिताको अभ्यास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।





प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment